ad ad

बागमती


बागमती प्रदेश : संसद् सञ्चालनमा सहमति जुटाउन सर्वदलीय बैठक

बागमती प्रदेश : संसद् सञ्चालनमा सहमति जुटाउन सर्वदलीय बैठक

बागमती प्रदेशको जारी सर्वदलीय बैठक


नेपालखबर
फागुन १५, २०८० मंगलबार ९:३६, हेटौँडा

बागमती प्रदेशसभा सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा सभामुखकै निवास हेटौँडामा सर्वदलीय बैठक सुरु भएको हो।

गत आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पुन: बैठक राखिएको हो।

यसअघि बसेको बैठकमा संसद् सञ्चालनका विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी बैठकमा छलफल हुने बताइएको छ। 

बैठकमा प्रदेशसभामा रहेका ७ राजनीतिक दलमध्ये ६ दल सहभागी छन्।

बैठकमा नेपाल मजदुर किसान पार्टी भने सहभागी भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .