बागमती


काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो

काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन १३, २०८० आइतबार २०:७, काठमाडौँ

केही दिनअघिको वर्षाले काठमाडौँ उपत्यकाको घटेको तापक्रम क्रमशः बढ्न थालेको छ। 

उपत्यकाको न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि क्रमशः उकालो लाग्दै गएको हो।

यसै क्रममा आज (आइतबार) उपत्यकाको अधिकतम तापक्रम हिजो (शनिबार) को तुलनामा २.३ डिग्री सेल्सियस माथि उक्लिएको छ।

शनिबार १९.१ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज बढेर २१.४ डिग्री सेल्सियस पुगेको हो।  

यस्तै आज उपत्यकाको न्यूनतम तापक्रमचाहिँ ४.५ डिग्री सेल्सियस छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार ४.४ डिग्री सेल्सियस थियो भने शुक्रबार ३.५ डिग्री सेल्सियस। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसम बदली र वर्षा भएका बेला तापक्रम केही घटे पनि अब देशभर तापक्रम क्रमशः बढ्ने क्रममा रहेको मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad