बागमती


काठमाडौँ उपत्यका : आज कस्तो रहला मौसम, कति छ तापक्रम?

काठमाडौँ उपत्यका : आज कस्तो रहला मौसम, कति छ तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन १३, २०८० आइतबार ७:११, काठमाडौँ

काठमाडौँ उपत्यकामा पनि ‘पश्चिमी न्यून चापीय प्रणाली’को आंशिक प्रभाव परिरहेको छ। 

जसका कारण यतिबेला (आइतबार बिहान) उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम–बादल, घाम–बादलको अवस्था रहने सम्भावना छ।

‘दिउँसो आंशिक बदली अर्थात् आकाशमा बेलाबेला बादल पनि देखिनेछ भने बेलाबेला घाम पनि लाग्नेछ’, उनले भने, ‘तर उपत्यकामा आज पानी पर्ने सम्भावना छैन। राति आकाशमा अलि बढी बादल आउने सम्भावना छ, र, पनि वर्षाको सम्भावना कम देखिन्छ।’

गत बिहीबार वर्षा भएयता चिसोको मात्रा केही बढेको छ। वर्षाअघि ९ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको उपत्यकाको न्यूनतम तापक्रम अहिले ह्वात्तै तल पुगेको छ। 

आज बिहान ५:४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको मौसमविद् लामिछानेले जानकारी दिए।

‘यो भनेको चिसोकै अवस्था हो’, उनले भने, ‘वर्षाअघि ८/९ डिग्री सेल्सियस पुगिसकेको उपत्यकाको न्यूनतम तापक्रम अहिले यत्ति तल झरेको अवस्था छ।’

शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो। 

उनका अनुसार पानी पर्न छाडेपछि पुनः तापक्रम क्रमशः बढ्दो छ। ‘तर अझै केही दिन चिसो खासै कम हुने सम्भावना देखिन्न’, उनले भने। 

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। 

शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.१ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .