ad ad

बागमती


चिसै छ काठमाडौँ, कति छ तापक्रम?

चिसै छ काठमाडौँ, कति छ तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन १२, २०८० शनिबार ६:४१, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (शनिबार) बिहान पनि ठिहिँर्‍याउँदो चिसो छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार वर्षा भएयता काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै घटेको हो।

आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको उनले जानकारी दिए। 

‘हिजो (शुक्रबार) भन्दा त उपत्यकाको न्यूनतम तापक्रम थोरै बढेको हो, तर ४.४ डिग्री सेल्सियस चिसै हुने अवस्था हो’, मौसमविद् झाले भने, ‘गत बिहीबार वर्षा हुनुपहिले ९ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले यति तल झरेको हो।’

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

आज १.१ डिग्री सेल्सियस बढेर ४.४ डिग्री सेल्सियसमा उक्लिएको हो।

‘मौसम बदली र वर्षा भएन भने फेरि बिस्तारै तापक्रम उकालो लाग्छ’, मौसमविद् झाले भने। 

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उनले बताए। 

मौसमविद् झाका अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

‘सूर्याेदयभन्दा अघि सबैभन्दा कम तथा सूर्यास्तभन्दा अघि सबैभन्दा बढी तापक्रम देखिन्छ’, उनले भने। बिहान ८:४५ बजेभित्र न्यूनतम र साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

अहिले बिहान काठमाडाैँ उपत्यकामा हल्का हुस्सु लागिरहेको भए पनि मुख्यतया मौसम सफा छ।

उपत्यकाको मौसम आज दिनभर मुख्यतया सफा नै रहने सम्भावना रहेको मौसमविद् झाले बताए। ‘अपराह्नतिर थोरै बादल लाग्ने सम्भावना भए पनि आज मिठो घाम लाग्छ,’ मौसमविद् झाले भने।

यो पनि बिहीबार हिउँदयताकै ठूलो वर्षा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .