ad ad

बागमती


गाउँपालिकाले दिएको ‘जनयुद्ध दिवस’को बिदा उच्च अदालतबाट खारेज

गाउँपालिकाले दिएको ‘जनयुद्ध दिवस’को बिदा उच्च अदालतबाट खारेज

नेपालखबर
माघ २९, २०८० सोमबार १९:२, हेटौँडा

मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गतेका दिन ‘जनयुद्ध दिवस’ मनाउन दिएको सार्वजनिक बिदा उच्च अदालतले खारेज गरेको छ।

उच्च अदालत हेटौंडा पाटन इजलासले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हो। निरज मैनालीले दर्ता गराएको रिट निवेदनमा न्यायधीश यमुना भट्टराईको इजलाशले गाउँपालिकाको निर्णय खारेज गरेको हो।

रिट निवेदक मैनालीको तर्फबाट अधिवक्तात्रय मनप्रसाद भट्टराई, मुकुन्दप्रसाद अधिकारी र मदनकुमार दहालले बहस गरेका थिए।

सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन भनेर दिएको बिदालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।

सर्वोच्चको आदेश विपरित बागमती गाउँपालिकाको यही माघ १४ गते बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्वारा हस्ताक्षरित सूचनामा ‘जनयुद्ध दिवसका दिन अर्थात् फागुन १ गते गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम बागमती गाउँपालिकाभित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको’ उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .