समाज


त्रिवि उपकुलपति : यी हुन् ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार

त्रिवि उपकुलपति : यी हुन् ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार

नेपालखबर
माघ २६, २०८० शुक्रबार ७:२१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ।

प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो। 

त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ।

पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएकाे पुस २३ गते दरखास्त आह्वान गरेको थियो।

साे आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो। ४३ आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो। 

कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका हुन्।  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad