हेटौंडा–९, लामसुरेमा ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यु भएको छ।
सोमबार दिउँसो १२ बजेको समयमा घरकै बाथरुममा ग्यास गिजर प्रयोग गरी तातो पानीले नुहाउने क्रममा लामो समय बाथरुमबाट युनेश ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फोडेका थिए।
अचेत अवस्थामा बाथरुममा भेटिएका युनेशलाई हेटौंडा–१ स्थित मकवानपुर सामुदायिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन्।
6
Shares

प्रतिक्रिया