ad ad

बागमती


काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढ्यो, तर घट्ने सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढ्यो, तर घट्ने सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १२, २०८० शुक्रबार ६:३७, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) केही उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो। तर अहिले बिहान ८:४५ बजे पुनः आजको आधिकारिक न्यूनतम तापक्रम मापन गरिन्छ, त्यतिबेला केही घट्ने सम्भावना हुन्छ। 

बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। 

मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने सम्भावना छ। भनेको आकाशमा अलि–अलि बादल देखिनेछ र घाम लाग्नेछ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने देखिएको मौसमविद् लामिछानेको भनाइ छ।

केही दिनयता देशभर चिसो बढेको छ।   

देशभरको मौसम : पहाडी भूभागमा वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .