ad ad

बागमती


बदलियो काठमाडौँ उपत्यकाको मौसम, पानी पर्ला?

बदलियो काठमाडौँ उपत्यकाको मौसम, पानी पर्ला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ ५, २०८० शुक्रबार १३:१०, काठमाडौँ

यतिबेला काठमाडौँ उपत्यकाको मौसम बदली भएको छ। अर्थात् कतै आकाश बादलले ढाकेको छ भने कतै घाम लागिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकाको मौसम अहिले आंशिक बदलीको अवस्थामा छ।

सामान्य भाषामा बुझ्दा आधाभन्दा बढी आकाशमा बादल देखिनु आांशिक बदली हो। 

बादल लागेका कारण काठमाडौँ उपत्यकाका कतिपय स्थानमा यतिबेला मौसम धुम्म भएको छ। 

पानी पर्न लागेको हो? 

मौसमविद् मानन्धर भन्छिन्, ‘काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना न्यून छ। आकाशमा बादल देखिए पनि त्यो पानी पार्ने खालको देखिँदैन।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।

आज यहाँको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने देखिएको मौसमविद् मानन्धरले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .