सिन्धुलीको सुनकोशी गाउँपालिका ५ स्थित एकजना महिलाको शव जंगली जनावरले खाएको अवस्थामा भेटिएको छ।
गत पुस ५ गते घरबाट निस्किएकी स्थानीय सोमबहादुर लामाकी श्रीमती यमुना भन्ने डोल्मा लामाको शव बारीमा भेटिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुरा ५० वर्षीया डोल्माको शव घरभन्दा तलतिर बारीमा जंगली जनावरले खाएको अवस्थामा मंगलबार भेटिएको हो।
तर उनको मृत्युको कारण भने खुलेको छैन। शवलाई प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा पठाइसकेको छ।
21
Shares
प्रतिक्रिया