ad ad

बागमती


‘चितवन पर्यटन तथा हात्ती महोत्सव’को तयारी पूरा

‘चितवन पर्यटन तथा हात्ती महोत्सव’को तयारी पूरा

नेपालखबर
पुस ९, २०८० सोमबार १५:४६, चितवन

१७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनले जनाएको छ।

कोभिड-१९ का कारण पछिल्ला केही वर्षदेखि रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ।

महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार हात्ती महोत्सवको लागि आवश्यक व्यवस्थापनको काम सकिएको हो। महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम हुने छन्।

त्यस्तै, कृषि पर्यटनसँग जोडिएका वस्तु र थारू खानासहितको स्टल पनि राखिनेछन्। महोत्सवमा करिब १ करोड खर्च हुने आँकलन रहेको संयोजक पाण्डेले बताए।

महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .