ad ad

बागमती


गाउँमै बिक्छ रैथाने बाली, कृषकहरू खुसी

गाउँमै बिक्छ रैथाने बाली, कृषकहरू खुसी

तस्बिर : सुनिता विष्ट


नेपालखबर
पुस ९, २०८० सोमबार १३:२७, हेटौंडा

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीलाई प्रोत्साहन गर्दै कोदो, फापर र जुनेलोको मूल्य निर्धारण गरेपछि खरिद संकलन सुरु गरेको छ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित  बुढीचौरस्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले आइतबारबाट कृषकहरूको उत्पादन मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न सुरुवात गरेको हो।

गाउँपालिकाले प्रति केजी एक सय मूल्य तोकिएको फापरमा सहकारी संस्थाले १ सय १० मा खरिद गरिएको हो। जसमा अनुदान रकमसमेत थप गरि प्रति केजी १ सय १६ रुपैयाँको दरले कृषकहरुबाट फापर खरिद गरेको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए। 

आइतबारबाट खरिद गर्न सुरु गरिएकोमा पहिलो दिन २१ जना कृषकहरूबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको बताइएको छ।

गत वर्ष कृषकहरुले प्रतिकिलो ९० रुपैयाँमा बिक्री गरेको फापर यस वर्ष गाउँपालिकाको अनुदानसमेत थप गरि प्रतिकिलो १ सय १६ रुपैयाँ पाएकोमा स्थानीय खुसी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .