ad ad

बागमती


निरीक्षण र अनुगमनमै बित्यो प्रदेशमन्त्रीको सय दिन

निरीक्षण र अनुगमनमै बित्यो प्रदेशमन्त्रीको सय दिन

नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:४१, हेटाैँडा

बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आफ्नो कार्यकालको सय दिनको कार्य प्रगति सार्वजनिक गरेका छन्। विभागीय जिम्मेवारी पाएको सय दिन पुगेको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दै २१ बुँदे कार्य प्रगती सार्वजनिक गरेका हुन्।  

मन्त्रीको पद तथा गोपनीयतको शपथ खाएको ९४ दिनपछि विभागीय जिम्मेवारी पाएका उनको बुधबार सय दिन पुगेको हो। गत जेष्ठ ७ गते मन्त्री चित्रकारसहित ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ खाएका थिए। ती मन्त्रीहरुमध्ये मषिना खड्का वन तथा वातावरण मन्त्रालय, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हाल्दा चित्रकारको भने जिम्मेवारी तोकिएको थिएन।

९४ दिनसम्म बिनाविभागीय मन्त्री बनेका उनले गत भदौ ६ गते उद्योग मन्त्रालयको जिम्मेवारी पाएका थिए। उक्त विभाग पाएको दिनदेखि बुधबार सय दिन पूरा भएको अवसरमा यस अवधिमा उक्त मन्त्रालयले गरेका प्रगति विवरणहरू सार्वजनिक गरेका हुन्।

मन्त्री चित्रकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रदेशमा रहेका रुग्ण उद्योगहरु अनुगमनदेखि बजार अनुगमनका प्रगतिहरू समेत समेटिएको । बन्द भएको हेटौंडा कपडा उद्योग देखि बन्द हुने अवस्थामा पुगेको हेटौंडा सिमेन्ट उद्योग, निजी लगानीमा सञ्चालित रिद्धि सिद्धि सिमेन्ट उद्योग लगाएतका उद्योगहरुको अवलोकन तथा निरीक्षण गरिएको प्रगतिहरू सार्वजनिक गरिएको छ।

यस्तै, २१ बुँदामा समेटिएको सय दिने प्रगति विवरणमा हस्तकला ग्राम निर्माणको ऐन निर्माण गर्ने तथा उपभोक्ताको हकहित र अधिकार संरक्षणका लागि स्वच्छ प्रतिस्पर्धा कायम गर्दै उपभोग्य वस्तुको आधारभूत गुणस्तर कायम गर्न बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाइएको उल्लेख छ।

यस्तै, प्रदेशको उद्योग तथा लगानी प्रवर्द्धन समितिको बैठकले अनुसूची १ बमोजिमको सहमति लिनुपर्ने ९ वटा उद्योगहरुलाई सहमति दिइएको बताइएको छ। यस्तै, चाडपर्वको समयमा आकस्मिक तथा अन्य समयमा नियमित रुपमा गरी १५ सय १३ वटा व्यापारिक फर्महरुको अनुगमन गरिएको छ, जसबाट करिब रु. ६ लाख बराबर जरिवाना तथा रु. ४ लाख रुपैयाँ बराबरका म्याद नाघेका सामग्रीहरू नष्ट गरिएको उल्लेख छ।

यस्तै, ‘स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान’ भन्ने नाराका साथ नवौं उद्योग दिवसको अवसरमा प्रदेश भित्रका १३ वटै घरेलु कार्यालयहरु तथा निर्देशनालयको आयोजनामा सरोकारवालाहरु सँगको अन्तरक्रिया, छलफल तथा गोष्ठी कार्यक्रम सञ्चालन गरिएको बताइएको छ भने चालु आर्थिक वर्ष २०८०/०८१ मा मन्त्रालय मातहतका निर्देशनालय, १३ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुबाट हालसम्म करिब २३ सय ४० औद्योगिक तथा व्यापारिक फर्महरु दर्ता भएको लगाएतका कार्य गरिएको प्रगति विवरणमा उल्लेख छ।

त्यसोत, मन्त्रालयले आगामी दिनमा कार्यान्वयन गरिने महत्वपूर्ण योजनाहरु समेत सार्वजनिक गरेको छ। आगामी गरिने योजनाहरु तीनवटा बुँदामा समेटेर सार्वजनिक गरेको हो। प्रदेश औद्योगिक नीति, वाणिज्य नीति, खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी नीति, मानव संशाधन विकास नीति, भूमि व्यवस्थापन नीति, गुठी व्यवस्थापन तथा संरक्षण लगायतका नीतिहरु तर्जुमा गरिने मन्त्रालयको आगामी योजनामा उल्लेख गरिएको छ।

यस्तै, प्रदेश लगानी बोर्ड स्थापना, भूमि बैंक स्थापना लगायतका कार्यहरु अगाडी बढाउन कानून निर्माण गरिनेछ बताइएको छ भने मन्त्रालयगत ऐनहरु कार्यान्वयन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्यविधिहरु यथाशिघ्र तर्जुमा गरिने मन्त्रालयको आमागी योजनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .