काठमाडौँ उपत्यकामा मंगलबारदेखि जारी झरी आज (बिहीबार) बिहानबाट रोकिएको छ। उपत्यकामा आज बिहानैदेखि घाम लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज उपत्यकामा हिजो–अस्तिको जस्तो झरी पर्ने सम्भावना छैन।
‘तर दिउँसो २/३ बजेपछि बादल बढ्दै गएर क्षणिक र छिटपुट वर्षा हुने सम्भावना भने छ’, उनले भने, ‘त्यो पनि उपत्यकाका सबैतिर होइन, खण्डखण्डमा पानी पर्ने देखिन्छ।’
उनका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाकै कारण कुनै अवरोध हुने सम्भावना छैन।
आज रातिलाई पनि उपत्यकामा वर्षाको सम्भावना नरहेको मौसमविद् झाको भनाइ छ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘दिउँसो उपत्यकाको अधिकतम तापक्रम २६ देखि २८ डिग्रीसम्म हुने अनुमान गरेका छौँ’, मौसमविद् झाले भने।
Shares
प्रतिक्रिया