ad ad

बागमती


काठमाडौं उपत्यकाको मौसम दिनभर कस्तो रहला? पानी पर्छ कि पर्दैन होला?

काठमाडौं उपत्यकाको मौसम दिनभर कस्तो रहला? पानी पर्छ कि पर्दैन होला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज ११, २०८० बिहिबार ८:०, काठमाडौँ

काठमाडौं उपत्यकाको मौसम यतिबेला (बिहीबार बिहान ७ः४५ बजे मौसमविद्सँग कुरा गर्दा) आंशिक बदली छ। यो भनेको कतै घाम, कतै बादलको अवस्था हो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिएको जानकारीअनुसार अपराह्न (दिउँसो २/३ बजेपछि) तिर उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ठूलो र काठमाडौं उपत्यकाका सबैतिर वर्षा नभई क्षणिक खालको कतै कतै पानी पर्ने उनले बताए। 

यतिखेर (बिहीबार बिहान ७:४५ बजे मौसमविद्सँग कुरा गर्दा) काठमाडौं उपत्यकाको वायुको तापक्रम २२ डिग्री सेल्सियस छ। आज बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस छ। यहाँ अधिकतम तापक्रम आज २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान रहेको मौसमविद् प्रधानांगले बताए। 

उनका अनुसार आज दिनभर उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदलीको अवस्थामा रहनेछ। काठमाडौं उपत्यकामा राति पनि वर्षा हुने सम्भावना त छ तर निकै कम सम्भावना रहेको उनको भनाइ छ। 

देशभरको मौसमबारे : आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .