ad ad

बागमती


अहिले यस्तो छ काठमाडौं उपत्यकाको मौसम, दिनभर कस्तो रहन्छ?

अहिले यस्तो छ काठमाडौं उपत्यकाको मौसम, दिनभर कस्तो रहन्छ?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज ९, २०८० मंगलबार ६:५७, काठमाडौँ

यतिबेला (मंगलबार बिहान ६:३० बजे मौसमविद्लाई सोध्दा) काठमाडौं उपत्यकाको मौसम सामान्य बदली छ। मौसमविद्का अनुसार यसो भनेको उपत्यकाको ७५ प्रतिशत आकाश बादलले ढोकेको अवस्था हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार दिउँसो २/३ बजेपछि काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना छ। 

‘ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘अनि उपत्यकाका सबै ठाउँमा पनि हुँदैन, छिटपुट र क्षणिक वर्षा कतै कतै हुने सम्भावना छ।’ राति पनि यस्तै खालको क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए। 

आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.३ डिग्री सल्सियस रहेको मौसमविद् झाले जानकारी दिए। ‘आज उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुने अनुमान छ’, उनले भने। 

उनका अनुसार अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) राम्रो छ। ‘भिजिबिलिटी सात किलोमिटर छ’, उनले भने, ‘यो भनेको हवाई उडानका लागि राम्रो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .