ad ad

बागमती


गर्भवती र सुत्केरीको उपचारका लागि निःशुल्क हवाई उद्धार सेवा सुरु

गर्भवती र सुत्केरीको उपचारका लागि निःशुल्क हवाई उद्धार सेवा सुरु

नेपालखबर
भदौ २६, २०८० मंगलबार १४:११, हेटाैँडा

बागमती प्रदेशमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उपचारका लागि निःशुल्क हवाई उद्धार सेवा सुरु गरिएको छ। गर्भवती तथा सुत्केरी महिलाहरुको आपत्कालिन उद्धारको लागि निःशुल्क हवाई उद्धार गरिने भएको हो।

नेपालको संविधानको धारा ३८ को उपधारा (२) बमोजिम प्रदेशभित्र बसोबास गर्ने प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न प्रदेश सरकारले यस्तो सेवा सुरु गरेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०८० तयार गरेको थियो।

प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेक १० जिल्लाका महिलाहरुको लागि आकस्मिक हवाई उद्धार सेवा उपलब्ध गरिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिए। उनका अनुसार गर्भवती तथा सुत्केरी महिलाले उपचार नपाएर ज्यान गुमाउन पर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रदेश सरकारले यस्तो सेवा सुरु गर्न लागेको हो।

‘सवारी साधनको समस्याले अस्पताल पुग्न घण्टौं लाग्ने गर्भवती महिलाहरुले बाटोमै बच्चा जन्माउन नपरोस् भन्ने उदेश्य हो’ उनले भने, ‘यति मात्रै होइन, कुनै अस्पताल तथा स्वास्थ्य संस्थामै सुत्केरी गराइरहँदा पनि विभिन्न जटिल अवस्थाहरु आइपर्न सक्छन्। यस्तो अवस्थामा थप उपचारका लागि तुरुन्त अन्य अस्पतालमा पुर्याएर सुरक्षित प्रजनन् गराएर आमा र बच्चा दुवैको ज्यान बचाउन सकियोस् भन्ने उदेश्य हो।’

सूचना अधिकारी भुसालका अनुसार उक्त कार्यविधि अनुसार निः शुल्क हवाई सेवा दिनका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयमा समिति तय गरिनेछ। उक्त समितिले बिरामीको अवस्थाको बारेमा जानकारी लिएर हवाई उद्दारको प्रवन्ध मिलाउने व्यवस्था गरिने स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

प्रदेशका धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, मकवानपुर, रामेछाप र दोलखा जिल्लाका गर्भवती तथा सुत्केरी महिलाको लागि आकस्मिक हवाई उद्दार सेवा सुरु गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .