ad ad

बागमती


चेपाङको चाड मनाउन बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक बिदा

चेपाङको चाड मनाउन बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक बिदा

नेपालखबर
भदौ २२, २०८० शुक्रबार ७:२०, हेटौँडा

बागमती प्रदेशको ३ जिल्लामा शुक्रबार (आज) सार्वजनिक बिदा दिइएको छ।

चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) का अवसरमा प्रदेश सरकारले शुक्रबार मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको हो।

सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको उल्लिखित ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भदौ १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो। 

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्य रहेको जिल्ला भएकाले बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .