पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा बससँगै पुरिएको अवस्थामा थप ५ शव भेटिएका छन्।
योसमेत आजै भेटिएका शवको संख्या २१ पुगेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए।
यसअघि आजै बिहान १६ शव भेटिएका थिए भने हिजो शनिबार १४ शव फेला परेका थिए। सबै गरेर आज दिउँसो १ बजेर ५५ मिनेट जाँदासम्म शवको संख्या ३५ पुगेको छ।
‘पछिल्लोपटक भेटिएका ५ शव पुरुषका हुन् भने ती गोरखाबाट आएको बसका यात्रु हुन्’, एसपी अधिकारीले भने।
यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए भने आज बिहान गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रोबस सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएका हुन्।
घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ।
भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ।
Shares
प्रतिक्रिया