ad ad

बागमती


वडाध्यक्ष रिजालको निधनमा शुक्रबार शोक बिदा दिने काठमाडौं महानगरको निर्णय

वडाध्यक्ष रिजालको निधनमा शुक्रबार शोक बिदा दिने काठमाडौं महानगरको निर्णय

नेपालखबर
भदौ २१, २०८० बिहिबार १५:२३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिने निर्णय गरेको छ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको असमायिक निधन भएकाले शुक्रबार शोक बिदा दिने निर्णय भएको हो। 

प्रशासन विभाग प्रमुख दीपक अधिकारीले  महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए। 

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। डंगी भएर अस्पताल भर्ना भएका उनमा निमोनिया समेत देखिएको थियो। 

उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .