ad ad

बागमती


सिन्धुलीमा फेला पर्‍यो टाउको बिनाको महिलाको शव, घटना अनुसन्धान गर्दै प्रहरी

सिन्धुलीमा फेला पर्‍यो टाउको बिनाको महिलाको शव, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
भदौ १०, २०८० आइतबार १०:१६, काठमाडौँ

सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव फेला परेको छ। 

सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका उपरीक्षक एसपी राजकुमार सिलबालले जानकारी दिए।

कोशी किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

अनुमानित ३५/४० वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

‘शवमा टाउको छैन। जिउको भाग भने छ। शरीरमा कपडाहरु पनि छन्,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘शवको सनाखत हुन सकेको छैन।’

पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ। 

‘हामीले सनाखतको लागि शवको हुलियासहित फोटो खिचेर प्रहरी युनिटहरुलाई जानकारी गराएका छौँ,’ एसपी सिलवालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .