ad ad

बागमती


मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको १३ विगाहा जग्गा अतिक्रमण

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको १३ विगाहा जग्गा अतिक्रमण

नेपालखबर
साउन २, २०८० मंगलबार १५:१८, हेटाैँडा

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ।

मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको नाममा रहेको ४९ हेक्टर जग्गा मध्ये १३ बिगा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको कार्यालयले जनाएको छ।

मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जेष्ठ ८ गते जानकारी गराएको पत्र अनुसार कित्ता नं. ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थ पोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिएको जनाएको छ।

पत्र अनुसार कित्ता नं. ९६ को २ कठ्ठा १.५ धुर अतिक्रमित जग्गामा स्थानीय उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् भने अर्का स्थानीय सनम श्रेष्ठले १ कठ्ठा १.५ धुर जगमा जस्ताकै टहरा बनाइ रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ।

त्यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमश: १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरि रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाले जनाएको छ।

जितलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरि जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन्, भने प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरि कुखुरा पालन गरेको तथ्य बाहिरिएको छ।

त्यसैगरी कार्यालयले प्रशासन कार्यालयलाई पठाएको पत्र अनुसार कालु स्याङ्तान र पदमबहादुर खड्काले १ कठ्ठा ५ धुर र २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरि रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएको छ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका नाममा रहेको ४९ हेक्टर जग्गा मध्य नापी कार्यलय र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको पाइएको हो।

सरकारी जग्गालाई ८/९ धुरमा विभाजन गरि १० जनाको नाममा पास भएको पाइएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोज कुमार यादवले बताए।

व्यक्तिको नाममा सरकारी जग्गा पास भएको विषयमा मालपोत कार्यालयलाई जानकारी गराएको यादवले बताए। मत्स्य केन्द्रको जग्गा नापजाँच गर्न नापी कार्यालय हेटौंडालाई पत्र पठाएको यादवको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .