ad ad

बागमती


काठमाडौंमा सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिइने

काठमाडौंमा सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिइने

नेपालखबर
साउन १, २०८० सोमबार १७:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ।

स्रोत भर्ना कोषमार्फत् आफूहरूले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलब खुवाउने व्यवस्था गरेको उपमेयर सुनिता डंगोलले बताइन्। 

सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ। तर काठमाडौं महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत् उनीहरूलाई मासिकरूपमै तलब लिने व्यवस्था गरेको हो।

‘यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले पनि मासिक रुपमै तलब पाउने व्यवस्था हामीले गरेका छौं,’ उनले भनिन्, ‘यो चाँही त्रैमासिक रुपमा केन्द्रिय सरकारबाट आउने बजेट यस पटक देखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं। यो मार्फतबाट चाँही हरेक महिना महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले भने तलव मासिक रुपमा नै पाउने व्यवस्था हामीले गरेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .