बागमती


बागमती प्रदेशसभाको बैठक बस्दै, मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने

बागमती प्रदेशसभाको बैठक बस्दै, मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने

नेपालखबर
असार २१, २०८० बिहिबार १०:४१, काठमाडौँ

बागमती प्रदेशसभा बैठक आजदेखि बस्दैछ।

बिहान ११ बजे प्रदेशसभा भवन, हेटौँडामा बैठक बोलाइएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको राजश्व तथा वजेटमाथिको छलफल हुनेछन्।

आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारु भएको थियो।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेटमाथिको छलफल चलाउन दिएको थिएन।

तर बागमती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि बुधवारबाट बैठक सुचारु भएको हो।

आज बस्ने बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्  ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad