भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन्।
भक्तपुर प्रहरीका अनुसार शनिबार राति ९ बजेतिर सूर्यविनायक नगरपालिका ७ गुण्डुबाट पाण्डुबजार तर्फ आउँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा त्यसका चालक ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा राति नै मृत्यु भएको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए।
स्कुटरको पछाडि सवार उनकी छोरी १९ वर्षीया अनिता त्वाटी सामान्य घाइते भएकी छन्। उपचारपछि उनी डिस्चार्ज भइसकेको डीएसपी पाठकले बताए।
387
Shares
प्रतिक्रिया