ad ad

बागमती


राष्ट्र बैंक, वाणिज्य बैंक र टेलिकमलाई भवन नक्सा पास गर्न महानगरको पत्र

राष्ट्र बैंक, वाणिज्य बैंक र टेलिकमलाई भवन नक्सा पास गर्न महानगरको पत्र

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १९:२१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले राष्ट्र बैंक, वाणिज्य बैंक र नेपाल टेलिकमलाई भवनको नक्सा पास गराउन पत्र लेखेको छ। बिहीबार सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले पत्र लेख्दै भवन निर्माण सम्बन्धी नियम पालना गरेको प्रमाण पेस गर्न अनुरोध गरिएको छ। 

वाणीज्य बैंक थापाथली, राष्ट्र बैंक बालुवाटार र नेपाल टेलिकम सुन्धारालाई पत्र लेख्दै भवनको नक्सा पास गर्न निर्देशन दिइएको हो।

मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलो पटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो।

यसबाट करिब ७ हजार निवेदन दर्ता भए। तीमध्ये १ हजार ७ सय बढी नक्सा स्वीकृत भइसकेका छन्।

यसरी दिइएको समयमा नियमित प्रक्रियामा आउन नसक्नेहरुका लागि २०८० ज्येठ ३ गते ३५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरिएको छ। यसमा सरकारी, गैरसरकारी, वित्तिय संस्था लगायत सबैलाई नक्सा स्वीकृतिका लागि आउन आग्रह गरिएको छ।

यसरी गरिएको अनुरोधको वेवास्ता गरेर नक्सा विपरीतका भवन सञ्चालकहरु अटेर भइ बसेमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र महानगरको निर्णयबमोजिम कारबाही गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .