ad ad

बागमती


बालेनले ग्रेटर नेपालको नक्सा राख्नु भारतीय हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया : पन्त

बालेनले ग्रेटर नेपालको नक्सा राख्नु भारतीय हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया : पन्त

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:२९, काठमाडौँ

नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका छन्।

बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका हुुन्। 

उनले भारतले नेपालको भूमी समावेश गराएर नक्सा राख्नु आपत्तिजनक भएको बताए।

‘बालेनजीले नक्सा राख्नुलाई म के भनेर बुझ्छु भने भारतले गरेको हेपाहा ब्यवहारविरुद्धको प्रतिक्रिया हो। तर उनीहरूको भन्दा हाम्रो नक्सा अलि संयमित छ,’ उनले भने, ‘बालेनले राखेको नक्सामा सुगौली सन्धी अगाडीको नेपाल भनेर फरक रङमा छ। अहिलेको नेपाल भन्ने फरक रङमा छ।’ 

सुगौली सन्धी अगाडीको नेपाल र अहिलेको नेपाल छुट्टिने उनले बताए। 

‘खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो। भारतको नक्शामा छुट्टिँदैन। हेर्ने मान्छे झुक्किन्छ,’ उनले भने, ‘अहिलेकै भारत यत्रो हो कि भनेर। त्यो त झन आपत्तिजनक कुरा भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .