मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जिप सुनकोसी नदीमा खसेको छ। आज जिप नदीमा खस्दा त्यसमा सवार तीनजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो।
जिपमा चारजना सवार रहेको र एकजना सुनकोसी नदीबाट निस्कन सफल भए पनि बाँकी तीनजनाको अवस्था अज्ञात रहेको उनले बताए।
गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन। बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए। रासस
जेठ १९, २०८०, शुक्रबार
153
Shares
प्रतिक्रिया