बागमती प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे आज (बुधबार) छलफल हुने भएको छ। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ।
बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरुले धारणा र संशोधन प्रस्ताव राख्ने छन्। संसद् सचिवालयले संशोधन प्रस्तावका लागि बुधबार साँझसम्मको समय दिएको छ। प्राप्त संशोधन प्रस्तावबारे पनि संसद् बैठकमा छलफल गरिने सचिवालयले जनाएको छ।
यही जेठ १४ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए। त्यसपछि मुख्यमन्त्री जम्मकट्टेलले संसद्मा टेबुल गरेका थिए।
जेठ १७, २०८०, बुधबार
12
Shares
प्रतिक्रिया