ad ad

बागमती


रक्सीमा विषादी मिसाएर पिउँदा एक वृद्धाको मृत्यु

रक्सीमा विषादी मिसाएर पिउँदा एक वृद्धाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
जेठ १, २०८० सोमबार १३:८, हेटाैँडा

रक्सीमा विषादी मिसाएर पिउँदा मकवानपुरमा एकजना वृद्धाको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका–११ पिपिलडाँडाकी ६१ वर्षीया सञ्चमाया भोलनको मृत्यु भएको हो। प्रहरीका अनुसार उनले गत वैशाख ३० गते रक्सीमा नाम नखुलेको विषादी मिसाएर सेवन गरेकी थिइन्।

सोही दिन बिरामी भएकी भोलन उपचार गराउन जान नमानेपछी हिजो आइतबार उनका छोराले उपचारका लागि हेटौँडास्थित हेटौँडा अस्पतालमा ल्याएका थिए।

भोलनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। विषादी सेवन गर्नुको कारण नखुलेको र उनको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .