ad ad

बागमती


हेटौंडाका ५६ घरधुरीले पाए २८ वर्षपछि जग्गाधनी पुर्जा

हेटौंडाका ५६ घरधुरीले पाए २८ वर्षपछि जग्गाधनी पुर्जा

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १७:५९, काठमाडौँ

हेटौंडा उपमहानगरपालिकामा ५६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ।

राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो।

२०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४ सय २ घर बनेको थियो। ती घरमध्ये ७४ परिवारले लालपुर्जा पाएका थिएनन्।

उनीहरूले २८ वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। राष्ट्रिय भूमि आयोग मकवानपुरले ७४ घरधुरीलाई मंगलबार एक कार्यक्रमबीच लालपुर्जा वितरण गरेको हो।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उमेयर राजेश बानियाँ, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाल, वडाध्यक्ष पेमा लामा लगायतले जग्गाधनी पुर्जा वितरण गरेका थिए।

राजश्व नतिरेका कारण बनिसकेका १८ जनाको लालपुर्जा रोकिएको आयोगका अध्यक्ष दाहालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .