ad ad

बागमती


काम नगर्ने कम्पनीलाई कारबाही, सामरी खोलामा ५ वर्षसम्म पुल नबनेपछि तोडियो ठेक्का

सम्झौता अन्त्य गरेर नयाँ प्रक्रिया सुरु
काम नगर्ने कम्पनीलाई कारबाही, सामरी खोलामा ५ वर्षसम्म पुल नबनेपछि तोडियो ठेक्का

नेपालखबर
चैत २३, २०७९ बिहिबार १०:२०, हेटाैंडा

बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने काम सुरु भएको छ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निर्माण गर्न लागिएको पुल निर्माण सम्झौता भएको ५ वर्षसम्म पनि नबनेपछि कम्पनीसँगको ठेक्का तोडिएको हो।

मन्त्रालयले निरीक्षणपश्चात पटक–पटकको आग्रहपछि पनि काम नभएकाले ठेक्का तोडिएको जनाएको छ। 

२०७३ सालमा तत्कालिन जिल्ला विकास समितिले सामरी खोलामा निर्माण गर्ने जिम्मा पाएको नागर्जुन शंकरमाली जेभीले हालसम्म पनि निर्माण नगरेपछि स्थानीयको गुनासो बढेको थियो। 

बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले गत चैत १४ गते खरिद सम्झौता अन्त्य गरी बाँकी निर्माण कार्य अघि बढाउने टिप्पणी आदेश समेत दिएको थियो।

२०७३ साल पुस ११ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभीलाई ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का दिएको थियो।

ठेक्का तोड्नुअघि भौतिक विकास पूर्वाधार मन्त्री युवराज दुलालको नेतृत्वमा सचिव र सम्बन्धित कार्यालयका प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण पनि भएको थियो। 

तर, अहिलेसम्म पिल्लर उठाउने भन्दा अरु निर्माण भएको छैन।

सम्झौता अनुसार काम नहुँदा स्थानीयहरू समस्यामा परेको भन्दै मन्त्रालयले अन्य रुग्ण आयोजनाहरूको पनि ठेक्का तोड्ने तयारी अघि बढाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .