काठमाडौंको शंखरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक स्थानीयको मृत्यु भएको छ।
जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा. ४५ प ५४४१ नम्बरको मोटरसाइकलले तल्लो नाङ्लेभारेमा ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङको आइतबार साँझ मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल (महाराजगन्ज) मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई शंखरापुर अस्पताल पठाइएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया