काठमाडौँ र ललितपुरमा भएका गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिराखेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किँदा १ जनाको मृत्यु भएको हो।
दुर्घटनामा गएराति भएको दुर्घटनामा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै ललितपुरको ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट ललितपुर महानगरपालिकाकै वडा नम्बर २० पूर्णचण्डी बस्ने रामेछाप घर भएका ६१ वर्षीय मानबहादुर थापामगरको मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापामगरेको उपचारका क्रममा मंगलबार दिउँसो पाटन अस्पतालमा मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया