ad ad

बागमती


तामाङ र नेवारीलाई सरकारी कामकाजको भाषा बनाउन ऐन ल्याउने तयारी

तामाङ र नेवारीलाई सरकारी कामकाजको भाषा बनाउन ऐन ल्याउने तयारी

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १६:३२, हेटाैँडा

बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ।

शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाडौंमा बसेको तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धी समितिको बैठकले उक्त निर्णय गरेको हो। 

अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए।

‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने।   

एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन्।

एक महिनाअघि सामाजिक विकासमन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो।

समितमा श्रम रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्। बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .