बागमती प्रदेश सरकारको बजेट खर्च निकै कमजोर देखिएको छ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा २० प्रतिशत मात्रै बजेट खर्च गरेको हो।
प्रदेश सरकारले चालू आ.व को साउनदेखि पुस मसान्तसम्म कुल बजेटबाट पहिलो ६ महिनामा २०.७९ प्रतिशत खर्चिएको छ।
कुल बजेट ७० अर्ब ९३ करोड ९२ लाखमध्ये यस प्रदेशले चालूतर्फ १९ अर्ब २ करोड ४१ लाखबाट ३२.६८ प्रतिशत अर्थात् ६ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ।
यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ३७ करोड ८१ लाख अर्थात् १०.५३ प्रतिशत खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन भएकामा प्रदेशले ६० करोड खर्चिएको छ ।
वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख विनियोजन हुँदा पहिलो ६ महिनामा ३ अर्ब ५५ करोड ३ लाख रुपैयाँ खर्च भएको प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
माघ १६, २०७९, साेमबार
प्रतिक्रिया