ad ad

बागमती


पहिलो संसदीय यात्रामै बागमतीको मन्त्री बने ७ सांसद

पहिलो संसदीय यात्रामै बागमतीको मन्त्री बने ७ सांसद

सुनिता विष्ट
माघ १२, २०७९ बिहिबार १९:२५, हेटाैँडा

बागमतीमा सत्ता गठबन्धनका तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सरकारमा जाँदा मुख्यमन्त्रीसहित कुल ११ मन्त्री छन्। जसमध्ये ७ जना पहिलो संसदीय यात्रामा नै मन्त्री बन्न सफल भएका हुन्। 

प्रदेशसभा प्रवेशको पहिलो पटकमै मन्त्री हुनेमा एमालेका जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ रहेका छन्। यस्तै, माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगा नारायण श्रेष्ठ पनि पहिलो पटक सांसद बनेर मन्त्री बने।

यसैगरी, राप्रपाका तीन जना मन्त्रीहरू उद्धव थापा, राजु विष्ट र डम्बर तामाङ पनि पहिलो पटकमै मन्त्री बनेका हुन् ।

पहिलोपटक प्रदेशसभामा आएका एमाले मकवानपुरका अध्यक्षसमेत रहेका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायातमन्त्री बनेका छन् भने ललितपुरका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

सिन्धुलीका गंगानारायण श्रेष्ठ ०६३ को अन्तरिम विधायकका सदस्य पनि थिए। यद्यपि श्रेष्ठ पहिलो पटकमै निर्वाचनमार्फत प्रदेशको दोस्रो वरियताको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।

यस्तै, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन्। 

४ मंसिरको प्रदेशसभा निर्वाचनबाट राप्रपाले १३ सिट जित्दा सरकारको मुख्यमन्त्रीमै दाबी गरेको थियो। मुख्यमन्त्रीमा दाबी गरेका राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा अन्ततः खानेपानी, उर्जा तथा सिँचाईमन्त्री बनेका छन्।

धादिङबाट चुनाव जितेका राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र काठमाडौंका राप्रपा सांसद राजु विष्ट वन तथा वातावरणमन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .