ad ad

बागमती


सुन्दरीजलवासीले नै पाएनन् खानेपानी

सुन्दरीजलवासीले नै पाएनन् खानेपानी

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार ७:१८, काठमाडौँ

बडादसैँको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौँ उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन्।

महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दसैँका दिनमै दुःख पाएको स्थानीय उपभोक्ताले गुनासो गरे। त्यसअघि नियमितजसो पानी आएको सुनाउनुहुँदै स्थानीय रमिला पुडासैनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लापरबाहीका कारण कहिले नियमित पानी आउने र कहिले हप्तौँ नआउने गरेको बताउँछन्।

विसं २०२३ बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट राजधानीका अन्य स्थानमा वितरण हुने गरेको छ। तर यहीँका स्थानीयवासीले पानी नपाएर पुराना धारा, कुवामा पानी खोज्न टाढा टाढासम्म पुग्नुपरेको गुनासो गर्छन्। 

लिमिटेडले दुई दिन बिराएर पानी दिने तालिका बनाएको दाबी गर्ने गरे पनि मुहान क्षेत्रमै तालिकाअनुसार पानी दिन सकेको छैन। मुहान क्षेत्रकै जनताले पानी नपाएपछि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिले यहाँको स्रोतबाट यहीँ पानी नपुगी अन्त लैजान नदिने भनी पटकपटक भाषण गरे पनि कार्यान्वयन नभएको स्थानीयवासी बुद्ध लामा गुनासो गर्छन। 

नगरपालिकाकै धेरै वडामा अहिले पानी नआउने समस्या छ। नगरपालिकाका प्रवक्ता नारायण सुवेदी भने स्थानीय स्रोतको पानीको पहिलो प्राथमिकता नगरवासीलाई दिनुपर्छ भनी कार्यान्वयनमा लागिएको बताउँछन।

मेलम्चीको पानी पनि २६।५ किमी सुरुङ पार गरेर सुन्दरीजलकै प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाडौँ उपत्यकामा वितरण गरिन्छ। हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने तयारी भएको छ। वर्षाअघि आएको दैनिक १७ करोड लिटर पानी वर्षा रोकिएसँगै फेरि इने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .