बागमती


सुतिरहेका बेला पहिरोले पुर्दा छोराछोरीसहित आमाको मृत्यु

सुतिरहेका बेला पहिरोले पुर्दा छोराछोरीसहित आमाको मृत्यु

घटनास्थल। तस्बिर : पत्रकार मोतिराम तिम्सिनाको फेसबुकबाट


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १४:९, काभ्रे

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर नीरबहादुर तामाङ र उनकी बहिनी सावित्री तामाङको घटनास्थलमै र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिराले पुरिएको अवस्थामा निकालिएको हो। ६५ वर्षीया ठूलीमायाको भने सख्त घाइते भई बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु–बहिनीको शव निकालेका हुन्। एकै परिवारको तीनै जनाको मृत्यु भएपछि आफन्त शोकमा डुबेका छन्।

पालिकाभित्र सञ्चालित ढुङ्गाखानी तथा क्रसर उद्योगलाई गाउँपालिकाले एक हप्ताअगाडि मात्रै मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .