ad ad

बागमती


चितवनमा बाघले मान्छे मार्‍यो

चितवनमा बाघले मान्छे मार्‍यो

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १०:९, चितवन

चितवनस्थित माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। प्रहरीको अनुसार बाघको आक्रमणबाट माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय (चितवन) का प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो।

शनिबारदेखि बेपत्ता अधिकारी आज बिहान साढे ८ बजे मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .