ad ad

बागमती


पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ७:१३, काठमाडौँ

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात बन्द भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेको हो। 

पहिराका कारण सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 
अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए। 

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .