ad ad

बागमती


काठमाडौं महानगरले एक हप्ता फोहर नउठाउने

काठमाडौं महानगरले एक हप्ता फोहर नउठाउने

नेपालखबर
साउन ४, २०७९ बुधबार १९:४१, काठमाडौँ

काठमाडौं महानगरको फोहर एक हप्ता नउठ्ने भएको छ। 

उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकोले महानगरले एक हप्ता फोहर नउठाउने भएको हो।

बुधबार सूचना प्रकाशित गरी महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखि आएको जनाएको छ।

उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगरले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .