बागमती


काठमाडौं महानगरवासीले आजदेखि फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने, नत्र जरिवाना

काठमाडौं महानगरवासीले आजदेखि फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने, नत्र जरिवाना

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार ८:४१, काठमाडौँ

काठमाडौं महानगरपालिकाका बासिन्दाले आज (साउन १) देखि घरमा फोहोर जम्मा गर्दा कुहिने र नकुहिने छु्ट्याएर अलग–अलग राख्नुपर्नेछ। अन्यथा महानगरपालिकाले त्यस्तो फोहोर नउठाउने र ५ सय रुपैयाँ जरिवानासमेत गर्नेछ। 

काठमाडौं महानगरपालिकाको कार्यालयले यसअघि नै आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने जानकारी दिइसकेको छ। 

सूचनामार्फत महानगरपालिकाले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध पनि गरेको छ।

यस्तै प्लास्टिककका झोलाको सट्टा कागज वा कपडाका झोला प्रयोग गर्न पनि महानगरपालिकाले नागरिकलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .