ad ad

कला


‘कृष्ण लीला’को ट्रेलर : पुष्प र श्रद्धाको सस्पेन्स लभ (भिडिओ)

‘कृष्ण लीला’को ट्रेलर : पुष्प र श्रद्धाको सस्पेन्स लभ (भिडिओ)

नेपालखबर
साउन १, २०७९ आइतबार ८:२०, काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘कृष्ण लीला’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ।

युट्युब च्यानल डीएआर मुभिजमार्फत दर्शकमाझ ल्याइएको झण्डै ३ मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शन हुँदै छ। आरआर फिल्मसको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं मुख्य भूमिकामा छन्।

कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन्। पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन्। रंगपत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो। शिव ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन्। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण पनि निर्माण ब्यानर आरआर फिल्मसले गर्दै छ।

फिल्मका सार्वजनिक ‘कुनै दिन यस्तो पनि..’ र ‘ए मेरो हजुर..’ बोलका दुवै गीत हिट भएसँगै निर्माण पक्ष ‘कृष्ण–लीला’ प्रति निकै उत्साहित देखिएको छ।

प्रदर्शनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई तीव्रता दिएको यो फिल्मको कृष्ण र लीला अर्थात् अभिनेता पुष्प र अभिनेत्री श्रद्धाको जोडी पनि अहिले चर्चामा छ। फर्स्टलुक सार्वजनिक सँगै सबैको नजरमा परेको फिल्मले दर्शकको अधिक माया पाउने विश्वास आम फिल्मकर्मीले गरेका छन्।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .