ad ad

बागमती


बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

नेपालखबर
असार २४, २०७९ शुक्रबार ६:३२, काठमाडौँ

बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ।

बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो।

गत जेठ १३ गतेदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो । 

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ / १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .