ad ad

बागमती


भरतपुर विमानस्थलको टावरनजिकै आगो लाग्यो

भरतपुर विमानस्थलको टावरनजिकै आगो लाग्यो

फाइल तस्बिर : भरतपुर विमानस्थल


नेपालखबर
असार १२, २०७९ आइतबार ९:२७, भरतपुर

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ। तर १० मिनेटमै आगलागी नियन्त्रणमा लिइएकाले टावरमा कुनै नोक्सानी भएन। 

विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। 
उनका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको हो। 

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ। आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .