ad ad

अटो


सिप्रदीसँग मिलेर दराजले टाटा टियागो कार बिक्री गर्ने

सिप्रदीसँग मिलेर दराजले टाटा टियागो कार बिक्री गर्ने

नेपालखबर
असोज ६, २०७६ सोमबार १६:२२,

दराजले दशैँको अवसर पारेर गाडीहरु पनि बेच्ने घोषणा गरेको छ । दराजको दशैं धमाकामा अफरहरु पनि धमाधम चलिरहेको छ । दराजले सिप्रदी ट्रेडिङ्गसँग मिलेर सुपथ मूल्यमा नेपालभरि टाटा टियागो गाडी बेच्ने भएको छ ।

गाडी किन्न खोजेका वा अपग्रेड गर्न खोजेका ग्राहकहरुले दराजमा अब राम्रो डिलहरुपाई टाटा टियागोका विभिन्न मोडेलहरु किन्न सक्नेछन् ।
दराजमा यसको सुरुवाती मूल्य २० लाख ९५ हजार रहेको छ ।

यस बाहेक, नयाँ सालदेखि मोटरसाइकलहरु पनि राम्रोसँग बिक्री भइरहेकोले दराजले टीभीएससँग मिलि टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु पनि लिएर आएको छ । अभियानअन्तर्गत उपभोक्ताहरुले टीभीएस अपाच्चे आटीआर १८० टुभीसँग ३२ इन्चको टीभी सित्तैमा पाउनेछन् साथै टीभीएस अपाच्चे आरआर ३१० मा २५ हजार रुपैयाँको ‘महाछुट’ पनि पाउनेछन् ।

त्यसको साथै उपभोक्ताहरुले टीभीएसको अन्य मोटरसाइकल तथा स्कुटरहरुमा सित्तैमा हेल्मेट, पन्जा, तथा कभर पनि पाउने कम्पनीले जनाएको छ । दराजको दशैँ धमाका अभियान भदौ २९ गतेदेखि सुरु भएको हो । यस अभियानअन्तर्गत उपभोक्ताहरुले ६० प्रतिशतसम्मको छुट भएको मेगा डिल्स, दशैं दक्षिणा, मिस्ट्री बक्स, कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्ने बताइएको छ ।

साथै उपभोक्ताहरुले नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, र मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् । यो अभियान असोज १३ गते सम्पन्न हुनेछ ।

काठमाडौँ उपत्यकाबाहिर बस्ने उपभोक्ताहरुले असोज ८ बुधबारसम्म सबै अर्डरहरु गरिसक्नुपर्ने दराजले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .