ad ad

अटो


होन्डाको 'अमेज एस एडिसन'को कार भारतमा, नेपालमा पनि आउने

होन्डाको 'अमेज एस एडिसन'को कार भारतमा, नेपालमा पनि आउने

नेपालखबर
असार २, २०७६ सोमबार ११:५६,

चर्चित अटो निर्माता कम्पनी होन्डाले भारतमा अमेज एडिसनको विशेष एस एडिसन कार सार्वजनिक गरेको छ। एस एडिसन टप ग्रेड भीएक्सको डिजेल र पेट्रोल दुवैमा उपलब्ध रहेको छ।

तीनवटा कलर रेडियन्ट रेड, लुनार सिल्भर र ह्वाइट अर्किड पर्लमा यो कार उपलब्ध रहेको बताइएको छ। पेट्रोल भेरियन्टको एस एडिसनको मूल्य भारतमा ७ लाख ८९ हजार भारुदेखि ८ लाख ७२ हजार भारुसम्म र डिजेलतर्फ ८ लाख ९९ हजार भारुदेखि ९ लाख ७२ हजार भारुसम्म पर्ने बताइएको छ।

के छन् फिचर?

amaze ace 2अमेज एसकाे भित्री दृश्य

होन्डा अमेज एस एडिसनमा विशेष फिचरहरु स्टाइलिस ब्ल्याक अलोय ह्विल, ट्रंक स्पोइलर, सिट कभरमा एस एडिसनको ब्रान्डिङ, अगाडि रुम ल्याम्प, पछाडि डोर भाइजर, डोर एजजस्ता कुराहरु समावेश छन्। त्यस्तै यो अमेजको दोस्रो संस्करण हो । अमेज दोस्रो पुस्ताका कारहरु १३ महिनामा १ लाखभन्दा धेरै बिकिसकेको कम्पनीले जनाएको छ। पहिलो पुस्ताको अमेजको तुलनामा यो २० प्रतिशत बढी बिक्री हो। पहिलो पुस्ताको अमेज २०१३ मा आएको थियो। कम्पनीको अमेज सबकम्प्याक्ट सेडान बलियो बिक्री भएको कार हो।

नेपालमा कहिले?
अमेज एस एडिसन भारतमा सार्वजनिक भएको छ। यो कार नेपालमा पनि आउने होन्डाको कार बिक्रेता स्याकार ट्रेडिङका सेल्स मेनेजर रोशन बगालेले जानकारी दिए। यसअघि नै कम्पनीले अमेज संस्करणका कार बिक्री गर्दै आएको छ। जुन ३२ लाख ९० हजारदेखि ४१ लाख ५० हजारसम्म मूल्य पर्ने कारहरु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .