ad ad

अटो


बजाजको ‘बजाज भविष्यवाणी’ योजना

बजाजको ‘बजाज भविष्यवाणी’ योजना

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १२:१९,

बजाज कम्पनीले नाडा अटो शो र नजिकै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ‘बजाज भविष्यवाणी’ योजना ल्याएको छ।

कम्पनीले ल्याएको नयाँ योजनाअनुसार बाइक खरिद गर्नुपहिले कति नगदसहित पाउँछु भन्ने कुरा पहिले जानकारी हासिल गर्ने जनाइएको छ। ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइन रहेको यस योजनामा एक लाख नगद पुस्कारसहित जित्नसक्ने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हुलासचन्द एन्ड कम्पनीले बताएको छ।

कम्पनीको योजना बिक्री गर्दै आएको सबै मोडलहरुमा योजना लागू हुने जनाएको छ। बजाजका उत्पादन डोमिनार, पल्सर एनएस २००, पल्सर एनएस १६०, पल्सर २२०, पल्सर १५०, एभेन्जर २२०, एभेन्जर १८०, डिस्कभर र प्लाटिनाको मोडलहरु बजारमा बिक्री हुदै आएको छ । कम्पनीको महंगो मोटरसाइकल भनेको डोमिनार ५ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ। सस्तो मूल्यमा प्लाटिना १ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ।

पल्सर सिरिजमा एनएस २०० को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ छ। पल्सर एनएस १६० को २ लाख ८६ हजार ९०० छ भने पल्सर २२० को मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ, एभेन्जर क्रुजरको मूल्य ३ लाख ३९ हजार ९००, डिस्कभरको मूल्य १ लाख ८३ हजार ९०० देखि २ लाख १ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीको एभेन्जर स्ट्रीटको मूल्य २ लाख ९९ हजार ९०० देखि ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .