फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोबाइलले नाडा अटो शोलाई लक्षित गर्दै ‘सिधै क्यास, नो बकवास’ ग्राहक योजना ल्याएको बताएको छ।
भदौ १० गतेबाट सुरु हुने अटो शोलाई लक्षित गर्दै फोर्डले ‘सिधै क्यास, नो बकवास’ अफर ल्याएको जिओ अटोमोबाइलले बताएको छ। यो अफर योजना भदौ १ गतेबाटै लागू भइसकेको छ।
अफरअनुसार कार खरिद गर्ने ग्राहकले तीन वटासम्म स्क्र्याच कार्ड कोट्याउन दिने र स्क्र्याच कार्डमार्फत अधिकतम तीन लाख छुट दिइनेछ। क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयल्टी बोनस प्रदान गरिनेछ।
फोर्ड कम्पनीका सबै मोडलका गाडीहरुको अफर उपलब्ध बताइएको छ। नेपाली बजारमा इकोस्पोर्ट, इन्डेभर, एस्पायर, फ्रिस्टाइल र फिगो मोडल बिक्री हुँदै आएको छ।
3
Shares
प्रतिक्रिया